गण्डकीसमाचार

तारकाङ समाजको शुभकामना आदानप्रदान

पोखरा । तारकाङ-पोखरा सम्पर्क समाजको आयोजनामा तीजको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा मादी गाउँपालिका वडा नं ४ का अध्यक्ष शिव सापकोटा सहभागी थिए ।

सो अवसरमना वडाध्यक्ष सापकोटाले तीज पर्वले संस्कार, संस्कृति संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रप्रसाद सापकोटा, सावित्री अधिकारी, सल्लाहकार गौरी सापकोटालगायतले बोलेका थिए ।

कार्यक्रममा तीज गीतमा नाचगान गरिएको थियो । उत्कृष्ट नृत्य प्रस्तुत गर्ने चार जनालाई पुरस्कृत गरिएको समाज अध्यक्ष बलराम सापकोटाले जानकारी दिए ।

पुरस्कृत हुनेमा अस्मिता पहारी सापकोटा, सुजाता पौडेल सापकोटा, सुशीला आचार्य सापकोटा र सुस्मिता पौडेल सापकोटा छन् ।

निर्णायकमा सोमनाथ देवकोटा, नारायण सापकोटा र कल्पना सापकोटा थिए ।

समाज अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शरद सापकोटाले स्वागत, कार्यक्रम संयोजक कल्पना सापकोटा र सचिव घननाथ सापाकोटले सञ्चालन गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button