देश/समाजमुख्य खबरसमाचार

प्रतिकुल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । मुलुकको हवाई उडान प्रतिकुल मौसमका कारण सामान्य प्रभावित भएको छ ।

विमानस्थल कार्यालयले निरन्तरताको वर्षाका कारण भिजिविलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको जनाएको छ ।

प्रतिकूल मौसमका कारण आन्तरिकततर्फ पोखरा, भरतपुर र सिमारा विमानस्थल दिउँसोसम्म पनि बन्द छन् ।

आन्तरिकतर्फ पनि इन्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्रै भइरहेको विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको उडान ‘डाइभर्ट’ भएको छ भने अन्य अन्तर्राष्ट्रिय उडान पनि केही ‘डिले’ भएका छन् ।

पोखरा विमानस्थलको भिजिविलिटी कमजोर हुँदा पोखरा-काठमाडौँ कुनै पनि उडान भएको छैन ।

पोखरा-काठमाडौँ मात्र दुई उडान भएको छ । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले मौसमका कारण भरतपुर, पोखरा र नेपालगञ्जको क्षेत्रीय उडानसमेत प्रभावित भएको जानकारी दिए ।

यस्तै काठमाडौँबाट तुम्लिङटारको उडान पनि रद्द भएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनुसुनी वायुको प्रभाव रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button