गण्डकीदेश/समाजसमाचार

पोखरा-७ मा कांग्रेसको शुभकामना आदानप्रदान

पोखरा । नेपाली कांग्रेस वडा कार्यसमिति पोखरा-७ द्वारा हरितालिका तीजको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीका भातृ तथा शुभेच्छुक संस्थामा आबद्ध महिला दिदीबहिनीलाई समेटेर कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा नेपाली कांगे्रस महाधिवेशन प्रतिनिधि रगींला आचार्यले नारीका वेदना फुकाउने पर्व तीज भएको बताइन् । उनले दिदी बहिनीले सामाजिक जागरणसहित हर्ष र उल्लासका तीज मनाउनुपर्ने बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति शोभाचन्द्र बराल, वीरेन्द्र मण्डल, महिला विकास आमा समूहकी अध्यक्ष तुलसी बराल, नेपाल भूतपूर्व सैनिक संघ कास्कीका कोषाध्यक्ष चम्पासिंह गुरुङ, रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीलगायतले बोलेका थिए ।

पार्टीका वडा इकाई सभापति नवीनराज बरालको सभापतित्वमा भएको कार्यक्रममा उपासभापति एवं पाखरा-७ का वडाध्यक्ष राममोहन आचार्यले स्वागत र सचिव दामोदर बरालले सञ्चालन गरेको कोषाध्यक्ष मधु अधिकारीले जानकारी दिए ।

कार्यक्रममा सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने महाकाली बराल, कृष्णकुमारी बराल, नारायणी बराल र लक्ष्मीदेवी शर्मालाई सम्मान गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button