गण्डकीसमाचार

पोखरा-५ मा क्षेत्री समाजको शुभकामना आदानप्रदान

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा क्षेत्री समाज नेपालको तीज विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

ज्येष्ठ नागरिक लीलावती थापाले तीजको गीत गाएर कार्यक्रम उद्घाटन गरेकी थिइन् ।

कार्यक्रममा सल्लाहकार निर्मल खत्री, उज्ज्वल खत्री, गोपालबहादुर थापा, निर्मला थापा, पोखरा-५ की जनप्रतिनिधि कल्पना क्षेत्रीलगायतले बेलेका थिए । उनीहरुले समाजको एउटै उद्देश्य एकतामा बाध्नु रहेको बताएका थिए ।

साथै मौलिक परम्परालाई जगेर्ना गर्नु र सामाजिक हितका लागि अगाडि बढ्न सबै तत्पर हुनुपर्ने खाँचो औंल्याएका थिए ।

समाजका अध्यक्ष केशवबहादुर बराल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मीरा केसीले स्वागत र सचिव लोककुमारी क्षेत्रीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा समाजका कास्की जिल्ला लेखा समिति सदस्य राजेन्द्र खत्रीले सहजीकरण गरेका थिए ।

सो अवसरमा आयोजित नृत्यमा बिष्णु थापा प्रथम, गङ्गा बस्नेत दोस्रो र सुनीता कार्की तेस्रो भएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button