गण्डकीदेश/समाजसमाचार

नेपाली कांग्रेस धादिङ पोखरा-सम्पर्क समितिको १०औँ साधारणसभा

पोखरा । नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समितिको १०औँ साधारणसभा तथा तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सहमहामन्त्री कोपीला रानाभाटले तीजमा पुरुष र तिहारमा नारीको महत्व बुझ्न सक्नुपर्नेमा जोड दिएकी छन् । महिलाको पर्व तीजलाई सद्भाव र क्रान्तिको रुपमा लिन सक्नुपर्ने उनको भनाइ थियो ।

पर्वलाई आत्मीयता, सद्भाव, अस्तित्व र सामाजिक क्रान्तिको रुपमा मनाउनुपर्ने भन्दै रानाभाटले तीज पर्वलाई मर्यादित, अनुशासित र भड्किलोरहित ढंगबाट मनाउन आग्रह गरिन् ।

रानाभाटले विकसित हुँदै गएको समाजलाई रमाइलो र आनन्दमा परिणत गर्नुपर्ने भन्दै २०१६ सालमा नेपाली कांग्रेसले समावेसी, महिलामैत्री, देश प्रेमको भाव दिन सफल भएको बताइन् ।

नेपाली कांग्रेस धादिङका पार्टी प्रवक्ता एवं पूर्वसचिव विनोद तिमिल्सिनाले राष्ट्रिय पर्व तीजलाई नमुना योग्य कार्यक्रम बनाउन आवश्यक रहेको बताए । अभिव्यक्ति स्वतन्त्रता पार्टीको गहना भएको भन्दै उनले सत्ताले कांग्रेस खोज्ने स्थिति बन्नु महत्वपूर्ण बताएको बताए ।

उनले कांग्रेसमा गुट र फुट सधैँका लागि अन्त्य हुनुपर्नेमा जोड दिए । नेता तिमिल्सिनाले धादिङले प्राप्त गरेको संघीय कृषि मन्त्रालयबाट किसानलाई राहत दिन सकिने स्पष्ट पारे ।

नेपाली कांग्रेस धादिङका पार्टी सचिव विकास श्रेष्ठले पार्टीले आफ्नो शक्तिमा विश्वास गर्न सक्ने आधार विभिन्न भातृ र शुभेच्छुक संस्था भएको बताए । उनले पार्टीको घोषणापत्र अनुरुप विजयी विभिन्न तहका जनप्रतिनिधिलाई खवरदारी गरिरहन आग्रह पनि गरे ।

कास्की कांग्रेसका सहसचिव नवीन सिग्देलले पोखरामा विभिन्न पेशा व्यवसायमा आवद्ध भई कास्कीको पार्टीलाई बलियो बनाउन धादिङवासी कांग्रेसीजनले गरेको योगदानलाई कास्की कांग्रेसले भुल्न नसक्ने बताए ।

कार्यक्रममा एमाले धादिङ-पोखरा सम्पर्क मञ्चका पूर्वअध्यक्ष शेरबहादुर अधिकारी, धादिङ त्रिपुरा बाराही महिला समूहका अध्यक्ष बबीता मल्ल इटनीलगायतले बोलेका थिए ।

नेपाली कांग्रेस धादिङ पोखरा सम्पर्क समिति सभापति कमलबहादुर पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपसभापति माधव लम्सालले स्वागत र सचिव श्यामबहादुर इटनीले सञ्चालन गरेका थिए ।

साधारणसभामा सचिव श्यामबहादुर इटनीले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लालप्रसाद ढकाल(सन्देश)ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सो अवसरमा एसईई र कक्षा १२ उत्तीर्ण करिब १३ जना विद्यार्थीलाई सम्मान गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button