गण्डकीदेश/समाजसमाचार

माओवादी केन्द्र धादिङ-पोखरा जनसम्पर्क मञ्चको अध्यक्षमा धरेल निर्वाचित

पोखरा । नेकपा माओवादी केन्द्र धादिङ-पोखरा जनसम्पर्क मञ्चको अध्यक्षमा कृष्णप्रसाद धरेल निर्वाचित भएका छन् । मञ्चको पाँचौँ अधिवेशनले धरेललाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पाण्डे राजु, उपाध्यक्षद्वयमा लुमडीप्रसाद अगस्ती र प्रेम दवाडी छन् ।

यसैगरी सचिवमा गोकर्ण लम्साल, सहसचिवद्वयमा सिर्जना भण्डारी र सीताराम भट्ट, कोषाध्यक्षमा गुणराज थपलिया (कमल), सहकोषाध्यक्षमा भगवती खतिवडा, छन् ।

कार्यसमिति सदस्यमा भीम रेग्मी, गणेश दुवाडी, बुद्धिमान लम्साल, नरबहादुर अधिकारी, बाबुकाजी तुलाधर, सीताराम रम्तेल, राजेन्द्र नेपाली, दिनेश थपलिया, टेकबहादुर भित्रकोटी छन् ।

रामकृष्ण दुवाडी संयोजक, हरि अर्याल र बलराम खतिवडा सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यक्रम उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले मुलुक माओवादीकै विचारका अघि बढिरहेको बताइन् । उनले माओवादीलाई पुनः देशको ठूलो र शक्तिशाली पार्टी बनाउन पार्टीका सबै लाग्नुपर्नेमा जोड दिइन् ।

मञ्चका अध्यक्ष ईश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य अग्नी कंडेल, पार्टीका पोखरा महानगर कमिटी सचिव जनकराज पराजुली र बुद्धिजीवी परिषद् सदस्य रामकृष्ण दुवाडी, वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्णप्रसाद धरेल र सचिव रामप्रसाद पाण्डे राजुले बोलेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button