देश/समाजबागमतीसमाचार

कुलोमा डुबेर तीन वर्षीय बालकको मृत्यु

चितवन । चितवनमा कुलोमा डुबेर एक बालकको ज्यान गएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं २६ खयरघारी दुर्गा मन्दिर टोलका हरिबहादुर कुमालका तीन वर्षका छोरा सन्देश कुमाल रहेका छन् ।

आइतबार दिउँसो तीन बजे सन्देशलाई कुलोले बगाएको थियो ।

बगेको ठाउँभन्दा दुई सय मिटर तलबाट उनको उद्धार गरेर उपचारका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारको क्रममा साँझ सात बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button