देश/समाजबागमतीसमाचारस्वास्थ्य

डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । नेपालमा डेंगु संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका वडा नं. २ का ६३ वर्षीय पुरुष रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत विमल पटेलले जानकारी दिए ।

योसँगै नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेकाे संख्या ४ पुगेको छ ।

पटेलका अनुसार ती पुरुषको चितवन मेडिकल कलेज (सिएमसी) मा उपचारका क्रममा ज्यान गएको हो ।

ती पुरुष उच्च ज्वरो आएर शुक्रबार सिएमसीमा भर्ना भएका थिए ।

भदौ दोस्रो सातासम्म चितवनमा सात सय २७ जना संक्रमितले उपचार गराएका छन् । देशका ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको छ ।

पछिल्ला तथ्यांक अनुसार तनहुँमा सबैभन्दा बढी डेंगु संक्रमित छन् । कास्की दोस्रोमा पर्ने बताएको छ । डेंगु संक्रमणबाट पोखराकी एक महिलाको पनि ज्यान गएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button