गण्डकीदेश/समाजसमाचार

रामकृष्ण टोल नेवा मिसा पुचः र बाल तथा महिला सशक्तीकरण समाजको रक्तदान

पोखरा । पोखरा महानगरपालिका वडा नं ४ स्थित रामकृष्ण टोल नेवा मिसा पुचः र बाल तथा महिला सशक्तीकरण समाज नेपाल कास्कीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै पोखरा-४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले रक्तदान जत्तिको पवित्र कार्य अन्य नहुने बताए ।

कार्यक्रममा पोखरा ४ का वडासदस्य पार्वती माकाजू पोखरा-४ शहरी स्वास्थ्य केन्द्र प्रमुख सुजन पौडेल, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य अधिवक्ता भुवन पराजुली, निवर्तमान अध्यक्ष यूमाया पुन, पूर्व अध्यक्ष अधिवक्ता सीता भट्टराई, पूर्वउपाध्यक्ष मोना गिरीलगायत सहभागी थिए ।

रामकृष्ण टोल नेवा मिसा पुचः का अध्यक्ष भवानी माकाजुको अध्यक्षता, बाल तथा महिला सशक्तीकरण समाज नेपालका अध्यक्ष मीना लिगलको संयोजकत्वमा भएको कार्यक्रममा उपाध्यक्ष ईन्दिरा पराजुलीले स्वागत र समाजका कार्यक्रम अधिकृत लक्ष्मी अधिकारीले सञ्चालन गरेकी थिइन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button