गण्डकीदेश/समाजमुख्य खबरसमाचार

बिरामी बोकेर पोखरा आउँदै गरेको एम्बुलेन्समा एक्कासि आगलागी भएपछि…

पोखरा । स्याङ्जाबाट बिरामी बोकेर पोखरा आउँदै गरेको एम्बुलेन्समा आगलागी भएको छ ।

गएराति स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. ११ करेनडाँडामा ग१झ २७८ नम्वरको एम्बुलेन्समा आगलागी भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

एम्बुलेन्स वालिङको गह्रौं प्राथमिक अस्पतालको भएको बताइन्छ । एम्बुलेन्स देवप्रसाद रेग्मीले चलाएका थिए ।

‘एम्बुलेन्समा एक्कासि आगो लागेछ, चालकको चतुर्याइँले बिरामीलाई केही भएनछ’, स्याङ्जा प्रहरीका सूचना अधिकारी डीएसपी ईन्द्रबहादुर रानाले भने ।

आगलागीको कारण खुल्न नसकेको भए पनि ब्याट्री स्पार्क भएर आगाे लागेको हुन सक्ने अनुमान गरिएको छ । एम्बुलेन्स जलेर पूर्णरुपमा ध्वस्त भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button