काभ्रेपलाञ्चोक । काभ्रेमा आइतबार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धको ज्यान गएको छ ।
मृत्यु हुनेमा पनौती नपा-५ ढलमलेका ६३ वर्षीय काजीबहादुर गुरुङ छन् ।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१३प ०७५१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गुरुङ गम्भीर घाइते भएका थिए ।
उनको उपचारका लागि काठमाडौँको नर्भिक अस्पताल लगिएकामा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक बनेपा नपा-७ का १७ वर्षीय सौरभ श्रेष्ठ र पछाडि बस्ने सोही वडाका १६ वर्षीय रियान प्रधान समान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।