गण्डकीदेश/समाजमुख्य खबरसमाचार

गण्डकीमा एमालेबाट मन्त्री हुनेको नाम टुंगियो, शपथ आजै

पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । जसअनुसार नवलपुरकी पद्मा जिसी श्रेष्ठ, पर्वतका मित्रलाल बस्याल, कास्कीका प्रकाशबहादुर केसी र बागलुङका कृष्णप्रसाद पाठक मन्त्री बन्ने छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग समन्वय गरेर गण्डकीका संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीको ढुंगो लगाएका हुन् । मन्त्रीको शपथग्रह आजै दिउँसो हुने बताइएको छ ।

मन्त्री बन्न लागेका चार जनामध्ये पद्मा जिसी श्रेष्ठ नवलपुर २ (क), मित्रलाल पर्वत प्रदेश सभा ‘ख’ बाट निर्वाचित हुन् ।

अर्का सांसद कृष्णप्रसाद पाठक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनेका हुन् । उनी बागलुङ अमलाचौर निवासी हुन् ।

अर्का सांसद प्रकाशबहादुर केसी २०५४ मा तत्कालीन पोखरा उपमहानगरपालिका १२ को वडाध्यक्ष भएका थिए ।

गण्डकीमा आइतबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या सात बाट बढाएर नौ पुर्याएको छ ।

सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्राइएको छ । मन्त्रालयबारे भने नवनियुक्त हुन लागेका मन्त्रीलाई केही जानकारी दिइएको छैन ।

शपथअघि मुख्यमन्त्री र एमाले दलको नेता बैठक बसेर मन्त्रालय टुंग्याउने र शपथकै समयमा सुनाउने तयारी छ ।

गण्डकी प्रदेशमा हाल मुख्यमन्त्रीसहित पाँच जना मन्त्री छन् । भागबण्डा गर्दा कांग्रेसले पाँच र एमालेले चार मन्त्रालय पाएका थिए ।

कांग्रेसले आफ्नो भागबाट नेसपाका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरूङलाई मन्त्री बनाएको छ ।

कांग्रेसबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, अर्थमन्त्री डा. टकराज गुरुङ, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापा गरी तीन जना मात्र मन्त्री छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button