देश/समाजसमाचार

रामपुरमा स्कुटर दुर्घटना, यमबहादुरको मृत्यु

पाल्पा । पाल्पामा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा पाल्पाको रामपुर नगरपालिका वडा नं १० गेझाका ४० वर्षीय यमबहादुर खरु मगर छन् ।

आज बिहान करिब ९ बजे रामपुर-१० बर्दलेबाट रामटारतर्फ जाँदै गर्दा लु४४प २४३१ नम्बरको स्कुटर अनियन्त्रित भएर सडक डिभाइडरमा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका मगरको रामपुर अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button