देश/समाजसमाचार

मनसुनी वायुको प्रभावः गण्डकी, कोशी, मधेस र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । गण्डकी, कोशी, मधेस र बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

साथै कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति गण्डकी, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशको थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावित क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम तथा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले बुलेटिनमार्फत अनुरोध गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button