खेलकुदगण्डकीसमाचार

पोखराको लामाचौरमा भलिबल : आज चार खेल हुने

पोखरा । पोखरामा मंगलबारबाट सुरु भएको राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आज चार खेल हुँदैछ । जसमा पहिलो खेल महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोर्टस र गण्डकी प्रदेश बीच बिहान ८ बजे हुनेछ ।

यस्तै दोस्रो खेल महिलातर्फ एपीएफ क्लब र एभरेष्ट भलिबल क्लब बिच बिहान १० बजे हुने आयोजक नव आदर्श विकास समाजले जनाएको छ ।

यसैगरी तेस्रो तथा पुरुषतर्फको पहिलो खेल नेपाल पुलिस क्लब र ट्राभल इन्क्वाइरी गलकोट बिच मध्यान्ह २ः१५ बजे तथा अन्तिम एवं प्रतियोगिता उद्घाटन खेल पुरुषतर्फ नै गण्डकी प्रदेश र एपिएफ क्लब बिच दिउँसो २ः१५ बजे हुने छ । सबै खेल लामाचौरस्थित ईन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा हुनेछ ।

प्रतियोगितामा मंगलबार महिलातर्फ एपिएफ र टिपटप न्यू डायमण्ड तथा पुरुषतर्फ एपीएफ र पुलिसले जित हासिल गरेका थिए ।

राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ गण्डकी प्रदेश भलिबल संघ, एभरेष्ट क्लब, टिपटप न्यू डायमण्ड यूथ स्पोर्टस क्लब र एपिएफ क्लब सहभागी छन् ।

यस्तै, पुरुषतर्फ गण्डकी प्रदेश भलिबल टिम, एपिएफ क्लब, ट्राभल इन्क्वाइरी गलकोट र नेपाल पुलिस क्लब सहभागी छ ।

प्रतियोगिताको दुवै इभेन्टमा उपाधि विजेताले एक लाख ५० हजार एक सय ११, उपविजेताले एक लाख एक हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै तृतीय हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button