गण्डकीदेश/समाजसमाचार

अँधेरीभञ्ज्याङबाट चार जना जुवाडे रंगेहात पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय तनहुँले चार जना जुवाडेलाई पक्राउ गरेको छ ।

सोमबार दिउँसो ३ः३० बजे तनहुँ व्यास नगरपालिका वडा नं १० अँधेरीभञ्ज्याङस्थित मनभुजा कुमालको घरमा जुवा खेलिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ५९ बर्षीय टेकबहादुर बराम, ३८ वर्षीय मंगलबहादुर गुरुङ, ४९ वर्षीय वीरबहादुर बराम र ४२ वर्षीय मनभुजा कुमाल छन् ।

उनीहरुको साथबाट ३३ हजार पाँच सय १० रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुबिरुद्ध जुवाताससम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button