गण्डकीदेश/समाजमुख्य खबरसमाचार

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

पोखरा । पोखरामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । सो दुर्घटनामा एक युवक घाइते भएका छन् ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १७ घारीपाटन बस्ने पर्वत कुश्मा नगरपालिका-१४ आर्थरका २० वर्षीय विश्वास विक छन् ।

विक सवार ग१५प ३२१ नम्बरको मोटरसाइकल पोखरा-१७ बिरौटास्थित सडकमा दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए । उनी मोटरसाइकल चालक हुन् ।

उनको नयाँबजारस्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा मोटरसाइकलकै पछाडि सवार घाइते एक युवकको जिएमसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल अनियन्त्रित भएर सडकमै पल्टिएको थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button