गण्डकीदेश/समाजसमाचार

दुर्घटनाका गम्भीर घाइतेलाई पोखरा ल्याइयो

पोखरा । पर्वतको कुश्मा नगरपालिका-४ अर्मादी घुम्तीस्थित मध्यपहाडी लोकमार्गको कुश्मा–बागलुङ खण्डमा यात्रुवाहक बस र एम्बुलेन्स ठोक्किँदा तीन जना घाइते भएका छन् ।

नारायणगढबाट बागलुङतर्फ जाँदै गरेको बा प्र ०६-००१ ख ०३०० नम्बरको बस र म्याग्दीबाट पोखरा जाँदै गरेको जलजला गाउँपालिका पर्वतको ग१झ ६९५ नम्बरको एम्बुलेन्स ठोक्किएका हुन् ।

घाइते हुनेमा एम्बुलेन्समा सवार कुश्मा नगरपालिका-१ की ४५ वर्षीया भगवती क्षेत्री, ४९ वर्षीया केशरी अधिकारी र ५२ वर्षीया गीताकुमारी क्षेत्री रहेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये भगवती क्षेत्रीको अवस्था गम्भीर रहेको छ । उनलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइएको र अन्य दुईको पर्वत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पर्वतको जलजला गाउँपालिका-७ की ५५ वर्षीया महिला बिरामी भई पोखरा लैजाने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिए ।

एम्बुलेन्स चालक पर्वत जलजला-८ का धनबहादुर खत्री र बस चालक भरतपुर–२७ का टिकाराम महतो नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button