गण्डकीदेश/समाजसमाचार

पोउवासंघको महाधिवेशन : भ्रममा नपर्न पोखरेल समूहको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशनको सरगर्मी बढिरहेको छ । अध्यक्षमा पूर्व महासचिव अर्जुन पोखरेल र वर्तमान वरिष्यठ उपाध्यक्ष गोकर्ण कार्की भिड्ने भएका छन् ।

यस्तैमा गोकर्ण कार्की र उपमहासचिव पदका उम्मेद्वार सुदिप प्रधानाङ्गको फेसबुक पोस्टलाई लिएर अर्जुन पोखरेल समूहले विज्ञप्ति नै प्रकाशित गरेर आपत्ति जनाएको छ ।

खासगरी पोखरेल प्यानलका पाँच पदाधिकारीसहित आठ जना निर्विरोध भएपछि कार्की र प्रधानाङ्गले आफ्नै टिमको जसरी फेसबुकमा पोस्ट गरिएको सामाग्रीलाई तोडमोड गरी प्रचार गरेकोप्रति पोखरेल समूहले आपत्ति जनाएको हो ।

टिमलाई भाँड्न खोजिएको पोखरेल समूहको तर्क छ । विज्ञप्तिमा निर्विरोध भएका पदाधिकारी उत्तममान बुद्धाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष उद्योग), बलराम आचार्य (उपाध्यक्ष वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) ले हस्ताक्षर गरेका छन् ।

‘प्रजातान्त्रिक अभ्यासअनुसार चुनावी प्रक्रियालाई आत्मसात गर्दै हामीले एउटा बलियो टीम गठन गरेको छौँ, हामीलाई निर्विरोध निर्वाचित गराउन अथक प्रयास गर्नुहुने हाम्रो समूहका अध्यक्ष पदका उम्मेद्वार अर्जुन पोखरेल, उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला र अन्य साथीप्रति आभार व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘अर्जुन पोखरेल प्यालनबाट निर्विरोध भएको जानकारी हुँदाहुँदै पनि आफ्नै टिमको जसरी गरि प्रतिस्पर्धी गोकर्ण कार्की र सुदीप प्रधानाङ्गले सामाजिक सञ्जाल फेसबुकमा हाम्रो टिमले तयार पारेको बधाई तथा शुभकामनाका सामाग्रीलाई तोडमोड गरी आफ्नै टीमको जसरी प्रचार गरेकोमा हामी खेद प्रकट गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

निर्विरोध भएका पाँच पदाधिकारीले हाम्रो फोटोलाई प्रयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाउने प्रयत्न भइरहेको र भ्रममा नपर्न सम्पूर्ण साधारण सदस्यलाई आग्रह गरेका छन् ।

अर्जुन पोखरेल प्यानललाई अत्याधिक मतले विजयी गराउन उनीहरुको अनुरोध छ । आफूहरु निर्विरोध भए पनि टिमप्रति बफादार र प्रतिबद्ध रहेको उनीहरुको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button