गण्डकीदेश/समाजमुख्य खबरसमाचार

पोखरामा ठूलो दुर्घटना टर्यो, सेती खोल्सामा खस्यो कार

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ रानीपौवास्थित सेती नदीको खोल्सामा कार खसेको छ ।

बुधबार साँझ करिब ८ बजे रानीपौवास्थित मेडिप्लस हस्पिटल पछाडिबाट कार खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

ग२च ८१३८ नम्बरको कार पार्किङका लागि ब्याक गर्नेक्रममा खोल्सामा खसेको बताइन्छ । कार खसेर करिब २० मिटर तल पुगेर अड्किएको प्रहरीले जनाएको छ ।

कारमा सवार पोखरा-८ सिमलचौरका ४० बर्षीय लोकेन्द्र आचार्य र उनकी छोरी ४ बर्षकी शितल आचार्यलाई सकुशल उद्धार गरिएको छ ।

कार भने खोल्सामै रहेको र रातको समय भएकाले निकाल्न कठिन भएको प्रहरीको भनाइ छ ।

कार खसेको सूचनापछि वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली खटिएर चालक र बालिकाको उद्दार गरिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button