गण्डकीसमाचार

पोखरास्थित युनाइटेड क्लबको अध्यक्षमा थापा निर्वाचित

पोखरा । युनाइटेड क्लब पोखराको अध्यक्षमा लोकबहादुर थापा निर्वाचित भएका छन् । क्लबको १५औँ साधारणसभा तथा सातौँ अधिवेशनले थापालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

क्लबको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्तबहादुर थापा, द्वितीय उपाध्यक्षमा सूर्यबहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सहकोषाध्यक्षमा सीमा गुरुङ छन् ।

क्लबको कार्यसमिति सदस्यमा विष्णुकुमार गुरुङ, पूर्णकुमार श्रेष्ठ, शिव थापा, पदमबहादुर कार्की (विजय), शान्ति सुवेदी, बुद्ध कार्की, रीमबहादुर क्षेत्री, गणेश खडका र सुरेश थापा छन् ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्वअध्यक्ष सुकबहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button