गण्डकीमुख्य खबरसमाचार

पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ । तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवामा आज बिहान गएको पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले घाँसीकुवा-डुम्रे खण्ड अवरुद्ध भएको हो ।

लेदो सहितको पहिरो हटाउने काम भइरहेको छ । छिट्टै एकतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । वर्षा नरोकिएकाले समस्या भएको प्रहरीको भनाइ छ ।

यसै ठाउँमा गत साउनमा ठूलो पहिरो खस्दा पन्छाउन दुई दिन लागेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button