अर्थ व्यापारसमाचार

सुनको भाउ हालसम्मकै उच्च

पोखरा । हरितालिका तीजको दिनमा सुनको भाउ आकाशिएको छ । सुन कारोबार हुने साताको अन्तिम दिन शुक्रबार एकै दिन एक हजार तीन सय रुपैयाँ मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारदेखि लगातार चार दिन स्थिर रहँदै आएको सुनको भाउ आज ह्वात्तै बढेको हो ।
मूल्य बढेसँगै आज एक लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको भाउ बिहीबारसम्म एक लाख ५२ हजार रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि ३० रुपैयाँ बढेको छ । बिहीबार एक हजार सात सय ६५ रुपैयाँ रहेको चाँदीको आज तोलाको एक हजार सात सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button