देश/समाजसमाचार

नारी उत्थान पुरस्कार सिलवाललाई

पाेखरा ।  नारी उत्थान दिदीबहिनी समाजसेवा पुरस्कार-२०८१ बाट बिना सिलवाल सम्मानित भएकी छन् ।  पाेखरा  छाेरेपाटनस्थित नारी उत्थान दिदीबहिनी समूहकाे  एघाराैं साधारण सभाकाे एक विशेष कार्यक्रमा  साे पुरस्कार उनलाई शनिबार प्रदान गरिएकाे हाे ।
साे कार्यक्रममा बाेल्दै प्रमुख अतिथि वरिष्ठ समाजसेवी खगराज शर्मा आचार्यले छाेटाे समयमा नारी उत्थानले समाजमा वहत् जागरण ल्याएकाे भन्दै पुरस्कार समेत संचालन र वितरण गर्नु अनुकरणीय कार्य भएकाे बताए ।
गतवर्षदेखि प्रदान गरिदै आएकाे साे पुरस्कार काेपिला नेपाल  र अन्य समाजिक संघसंस्थामा आबध्द रही विगत करीब ४० वर्षदेखि अन्यायमा परेकालाई न्याय दिलाउन,महिलाकाे हकहितकाे संरक्षण गर्न,महिला हिंसा बिरूध्द लड्न तथा सबल र सक्षम बनाउनका लागि उल्लेख्य याेगदान दिएकाेमा  उनलाई प्रदान गरिएकाे छनाेट समितिका संयाेजक छन्दनायक माधव वियाेगीले बताए ।
पुरस्कृत व्यक्तित्व  बिना सिलवालले संस्थाले आफूलाई पुरस्कारका लागि याेग्य ठहर्याएकाेमा खुसी प्रकट गर्दै थप काम गर्न आफूलाई हाैसला मिलेकाे बताइन् । समूहकी प्रमुख संरक्षक सरिता घिमिरेले यस क्षेत्रका महिला दिदीबहिनी जागरुक भएकैले संस्थाले आशातीत लक्ष्य पूरा गरेकाे बताइन् ।
कार्यक्रममा समाजसेवी  झपीन्द्रराज रेग्मी ,सुष्मा पाैडेल, इन्द्रबहादुर खत्री,दीपक सुवेदी,लक्ष्मी अधिकारी,मिना पाेखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समूहकी अध्यक्ष जानुका पाैडेलकाे अध्यक्षतामा भएकाे साे कार्यक्रमा  उपाध्यक्ष बिमला भुजेलले स्वागत र सचिव शारदा सुवेदीले संचालन गरेकन थिए ।
साे पुरस्कार गत वर्ष प्रथम पटक सुष्मा पाैडेललाई प्रदान गरिएकाे थियाे ।
लगत्तै भएकाे बन्द सत्रले काेषाध्यक्ष सुशीला पराजुली र अध्यक्ष जानुका पाैलेद्वारा प्रस्तुत प्रतिवेदनहरू पारित गरेकाे थियाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button