अर्थ व्यापारसमाचार

आज पनि ह्वात्तै बढ्यो सुनको भाउ, हालसम्म कै उच्च मूल्यमा कारोबार

पोखरा । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ ।

सुनको मूल्य आज आइतबार एकै दिन एक हजार सात सात रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मूल्य बढ्सँगै आज सुन हालसम्मकै उच्च विन्दुमा कारोबार भइरहेको छ ।

आज मूल्य बढेसँगै प्रतितोला एक लाख ५८ हजार आठ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button