देश/समाजसमाचार

वयस्क जंगली हात्ती मृत फेला

बारा । बाराको कोल्हवी नगरपालिकाअन्तर्गत राष्ट्रिय जंगल छेउमा वयस्क जंगली हात्ती मृत फेला परेको छ ।

स्थानीय कोल्हबी नगरपालिका-२ भलुवाही खोर जङ्गल छेउँमा जंगली हात्ती मृत फेला परेको हो ।

अहिले नेपाल प्रहरी , सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय बाराको टोली घटनास्थलमा पुगेको छ।

घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रमुख प्रहरी निरीक्षक किशन बस्नेतले घटनाको पुष्टि गरेका छन् ।

बस्नेतका अनुसार हात्तीको सुँढमा सामान्य खतसँगै केही रगतको टाटा देखिएको छ ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय कोल्हबीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button