देश/समाजमुख्य खबरविश्वसमाचार

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

पाेखरा। प्रधानमन्त्री केपी शर्मा ओली र छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्कमा रहेका प्रधानमन्त्रीओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता भएको हो ।

भेटमा नेपाल-भारतका आपसी चासो र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ ।

सो भेटमा दुवै मुलुकका विदेशमन्त्री र प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो ।

उक्त अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button