देश/समाजसमाचार

आज अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइँदै

पाेखरा। आज २३ सेप्टेम्बर अर्थात् अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस । संसारभर सांकेतिक भाषाको महत्त्व बुझाउन तथा सबैमा यसबारे जागरुक गराउन संयुक्त राष्ट्रसंघको महासभाबाट यसले मान्यता पाएको थियो ।

बहिराको अन्तर्राष्ट्रिय सप्ताहकोे भागको रूपमा सन् २०१८ मा पहिलो पटक अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाइएको थियो । पछि १९ डिसेम्बर २०१९ मा विश्व बहिरा महासंघले यस दिवसका लागि पहिलो पटक संयुक्त राष्ट्रसंघमा प्रस्ताव पेस गरेको थियो ।

२३ सेप्टेम्बरकै दिन यस दिवस मनाउनुको कुनै विशेष कारण नभए पनि २३ सेप्टेम्बर १९५१ का दिन विश्व बहिरा महासंघको स्थापना भएकाले यसै दिनलाई आधार मानेर अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउन सुरु गरिएको हो ।

महासंघ स्थापनाको सात वर्षपछि अर्थात् सन् १९५८ सेप्टेम्बरमा पहिलो पटक अन्तर्राष्ट्रिय बहिरा सप्ताहको रूपमा मनाइएको थियो । त्यस बेलादेखि बहिरा सप्ताह संसारभर वैश्विक आन्दोलनको स्वरूपमा विकसित भएको थियो ।

सांकेतिक भाषा संरचनात्मक रूपमा बोल्ने भाषाभन्दा फरक छन् । तर पनि सांकेतिक भाषा आफैँमा पूर्णप्राकृतिक भाषा पनि हो । अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धीले पनि सांकेतिक भाषाहरूको प्रयोगलाई स्वीकार गर्नुका साथै प्रोत्साहनसमेत गरेको छ ।

संयुक्त राष्ट्रसंघले दिएको मान्यता र विभिन्न महासन्धिले यसको अस्तित्वलाई स्वीकार गर्नुले नै बोलिने भाषा र सांकेतिक भाषा दुवै बराबर रहेको प्रमाणित गरिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button