अर्थ व्यापारसमाचार

आज सुनको भाउ एक लाख ५९ हजार दुई सय रुपैयाँ

पोखरा । नेपाली बजारमा सोमबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । सुनको भाउ आज चार सय रुपैयाँ बढेसँगै नयाँ कीर्तिमान कायम भएको हो ।

आइतबारको तुलनामा आज मूल्य थप बढेर एक लाख ५९ हजार दुई सय रुपैयाँ हुँदै नयाँ कीर्तिमान कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा एक लाख ५८ हजार आठ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ । आइतबार तोलामा एक हजार नौ सय २० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button