देश/समाजविश्वसमाचार

आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस नाइँदै

पोखरा । आज अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस हरेक वर्ष सेप्टेम्बर २६ का दिन मनाउने गरिएको छ । सन् २०१४ बाट हरेक वर्ष यो दिवस मनाउने सुरु गरिएको हो ।

सार्वजनिक जागरूकता बढाउन र परमाणु निःसस्त्रीकरणको सवालमा राष्ट्रसंघले गरेका प्रयासको श्रृंखलामा यसलाई एउटा नयाँ आरम्भको रुपमा लिने गरिएको छ ।

परमाणु हतियारको पूर्ण उन्मूलन गर्न आवश्यकताबारे आमजनमानसलाई जागरूक पार्दै यसले मानव जातीमा पार्ने असरको बारेमा सबैलाई जानकारी दिनु नै दिवसको मुख्य उद्देश्य हो ।

सन् १९४६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभाले संसारबाट परमाणु हतियार निर्मूल पार्न संकल्प लिएसँगै सन् १९५९ मा भएको संयुक्त राष्ट्र संघको साधारण सभाले सामान्य र पूर्ण निःसस्त्रीकरणको उद्देश्यलाई समेत पूर्णरुपमा समर्थन गरेको थियो ।

विश्वलाई परमाणु हतियार मुक्त गर्ने संयुक्त राष्ट्र संघको पुरानो उद्देश्य हो । संयुक्त राष्ट्र संघको उक्त उद्देश्य पुरा गर्ने र विश्वलाई परमाणु हतियार मुक्त गराउने उद्देश्यलाई साथ दिँदै कतिपय मुलुकले आफ्नो परमाणु कार्यक्रम समेत बन्द गरेका थिए तर त्यसको विभिषिका अझै कायम छ ।

विश्वका शक्तिशाली राष्ट्र अमेरिका, रुस, बेलायत, भारत, इरान, चीन, जापान, कोरियालगायतका देशमा अझै पनि परमाणु भट्टी सञ्चालनमा छन् ।

यसले परमाणु हतियारको त्रास कायमै छ । संयुक्त राष्ट्रसंघले आफ्ना विभिन्न सभामा परमाणु निर्मूलीकरणका लागि योजना पेश गर्दै आएको छ भने राष्ट्रसंघका सबैजसो महासचिवले यो उद्देश्यलाई प्राथमिकता दिँदै आएका छन् । संसारमा अहिले करिब १४ हजार भन्दा बढी परमाणु हतियार रहेको अनुमान छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button