गण्डकीदेश/समाजसमाचार

अरिङ्गालले टोकेर चार विद्यार्थी घाइते

लमजुङ । लमजुङको बेँसीसहर नगरपालिका-३ मा रहेको गाउँसहर माध्यमिक जाँदै गर्दा बाटोमा अरिङ्गालले टोकेर चार विद्यार्थी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार आज बिहान विद्यालय जाने क्रममा डमफु हाउस नजिककै अरिङ्गालले टोकेर उनीहरु घाइते भएका हुन् ।

प्रहरी निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार बेँसीसहर-५ बाख्रेगजतका १३ वर्षीय रीना गुरुङ, १२ वर्षीय अर्जना तामाङ, १३ वर्षीय सङ्गीता तामाङ र १० वर्षीय करुणा गुरुङ घाइते भएका छन् ।

घरबाट विद्यालय जाँदै गर्दा बाटोमा अचानक आएको अरिङ्गालले उनीहरुको टाउको, छातीलगायत शरीरका विभिन्न भागमा टोकेको उनले बताए ।

घाइते सबैको उद्धार गरी लमजुङ अस्पतालमा उपचार भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button