देश/समाजबागमतीसमाचार

मुग्लिन-नारायणगढ सडकमा माइक्रोबस र ट्याङ्कर ठोक्कियाे, १६ जना घाइते

पोखरा । भरतपुर महानगरपालिका वडा नं २९ पन्ध्रकिलोस्थित मुग्लिन-नारायणगढ सडकमा गएराति सवारी दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

माइक्रो बस र दूध बोकेको ट्याङ्कर एकपासमा ठोक्किदा माइक्रोमा सवार १६ जना यात्रु घाइते भएका छन्, जसमा १४ जनाको अवस्था मध्यम र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये १२ जनाको चितवन मेडिकल कलेजमा र चार जनाको पुरानो मेडिकल कलेजको भरतपुरमा उपचार भइरहेको बताइन्छ ।

मुग्लिनबाट नारायणगढतर्फ जाँदै गरेको बा३ख १७५२ नम्बरको माइक्रो र मुग्लिन आउँदै गरेको बा.प्र.०३9००१ख २६२२ नं.को दूध बोकेको ट्याङ्कर एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

ट्याङ्कर चालक मकवानपुरका पेमा लामा इलाका प्रहरी कार्यालय मुग्लिनको नियन्त्रणमा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button