खेलकुदसमाचार

टाइगर कप भलिबलः आयोजक टोलीले आर्मीलाई सोझोसेटमा हरायो

पोखरा। एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाईसोझो सेटमा पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबारबिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सोझो सेटमापराजित गरेको हो ।
आयोजक टोलीले आर्मीले पहिलो सेट २५–१४, दोस्रो सेट २५–११ र तेस्रोसेट २५–२१ ले पराजित गर्‍यो । यसअघि शनिबार खराब प्रकाशका कारण खेल स्थगितभएपछआइतबार पुनः गराइएको थियो ।

आयोजक टोलीको नेतृत्व राष्ट्रियटोलीकी कप्तान अरुणा शाहीले गरेकी छन् । टोलीमा ३ थाइल्यान्डकाखेलाडी समावेश गरिएको छ ।

प्रतियोगितामा अब पुरुषतर्फका खेल सुरु हुनेछन् । पुरुषतर्फ पहिलो खेलडिफेन्डिब च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबलक्लब, कुरुक्षेत्रको टिमबिच हुँदैछ । उक्त खेल केही बेरमा सुरु हुनेछ । दोस्रोखेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ ।

टाइगर ग्रुपअफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button