खेलकुदसमाचार

टाइगर कप भलिबलः एपिएफमाथि आर्मीको सहज जित

पोखराएनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुषभलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलएपिएफलाई सोझो सेटमा पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा भर्खरै सकिएको खेलमा एपिएफमाथिआर्मीले ३–० को सहज जित निकालेको हो । आर्मीले पहिलो सेट २५–१८, दोस्रो
सेट २५–२३ र तेस्रो सेट २५–१५ ले आफ्‌नो पक्षमा पार्‍यो ।यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले गण्डकीलाई ३–२ सेटमा पराजितगरेको थियो ।

यस्तै पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबलेसाविक विजेता टिपटप हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गरेको थियो । आजैभएको पहिलो खेलमा महिलातर्फ आयोजक टोलीले त्रिभुवन आर्मी क्लबलाई३–० को सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा अब लिग चरणका खेलहरु हुनेछन् । पहिलो खेलमा जित निकाल्नेटोली र पराजित हुने टोलीले छुट्टाछुट्टै लिग खेल्नेछ । टाइगर ग्रुप अफपोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button