खेलकुदसमाचार

टाइगर कप भलिबलः पुलिसको पहिलो जित

पोखरा। एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएकाे खेलमा ट्राभल इन्क्वारी नेपाल पुलिस क्लबसँग ३–१ को सेटले पराजित भएको हो ।

पहिलो सेट २३–२५ ले गुमाएको पुलिसले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै पहिलो जित दर्ता गराएको हो । पुलिसले दोस्रो सेट २५–१४, तेस्रो र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो । पहिलो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबसँग पराजित भएको पुलिसले पहिलो जित निकालेको हो ।

ट्राभल इन्क्वारीले लगातार दोस्रो हार बेहोरेको छ । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफसँग पराजित भएको थियो ।
आजै भएको पहिलो खेलमा सशस्त्र प्रहरी बल एपिएफले टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।

अब पुरुषतर्फको खेल हुनेछ । भारतको सुनिल भलिबल क्बल र नेपाल पुलिस क्लबबिच हुनेछ । त्यसपछि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफले प्रतिष्पर्धा हुनेछ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको उक्त प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button