देश/समाजमुख्य खबरसमाचार

कास्की प्रहरीले माग्यो चर्को आवाज निकाल्ने बाइकको सूचना, ४७ बाइक समातिए

पोखरा । कास्की प्रहरीले चर्को आवाजमा ध्वनी प्रदुषण गर्दै हिड्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गर्दै हिड्ने ४७ वटा मोटरसाइकल एक साताको अवधिमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ध्वनी प्रदुषण गर्दै हिड्ने मोटरसाइकलहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाईएको कास्की प्रहरी प्रवक्ता डिएसपी बसन्त कुमार शर्माले जानकारी दिए ।

माघ १४ गतेदेखि २० गतेसम्म जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा ४७ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको उनले बताए ।

डिएसपी शर्माले कास्कीमा कसैले ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ नम्बरमा टेलिफोन गरी सूचना दिन आग्रह समेत गरेका छन ।

स्वरुप परिवर्तन गरेर ध्वनी प्रदुषण गर्दै हिड्ने सवारीसाधनलाई कास्की प्रहरीले कारवाही गर्दै आएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button