देश/समाजमुख्य खबरसमाचार

५ करोडको बहुमूल्य ढुङ्गा भन्दै लाखौँ ठगी गर्ने ३ जना पोखरामा पक्राउ

पोखरा । कास्की प्रहरीले ठगी कसुरमा पोखराको लेकसाइडबाट तीन जनालाई पक्राउ गरेको छ ।

पाँच करोड पर्ने बहुमूल्य ढुङ्गा दिन्छु भनी पटक पटक गरी १३ लाख ५० हजार ठगी गरेको भन्ने कुन्ती सुब्बा गुरुङको जाहेरीको आधारमा प्रहरीले दुई महिला र एक पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वत फलेवास घर भई पोखरा -१७ छोरेपाटन बस्ने वर्ष ३१ की इन्दिरा बिक तथा वर्ष ३६ को राजन बिक र खोटाङ हलेसी -१ बस्ने वर्ष २७ की जुनु भनिने लक्ष्मी राई रहेको निमित्त सूचना अधिकारी इन्स्पेक्टर अविनाश दिप जिसी जानकारी दिए ।

उनीहरूलाई पक्राउ गरी खानतलासी गर्दा सेतो रंगको पारदर्शी ढुङ्गा ६ थान, रातो रङको ढुङ्गा १ थान, ३१ लाख बराबरका विभिन्न बैकका चेक ४ थान र मोबाइल ४ थान बरामद भएको जिसीले बताए ।

अदालतबाट ठगी सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button