
पोखरा । एफडी मोटर्सको नयाँ शोरुम पोखराको नयाँबजार पिके टावरमा खुलेको छ । एफ डि मोर्टसको नेपालका लागि आधिकारीक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि.ले आफ्नो पाँचौ तथा पोखराका लागि पहिलो शोरुम आज (सोमबार) एक कार्यक्रमका विच संचालनमा ल्याएको हो ।
यसअघि पोखराका ग्राहकले काठमाडौँ शोरुमबाट स्कुटर खरिद गरिरहेकोले ग्राहकलाई सहजै उपलब्ध हुने गरी पोखरामा शोरुम विस्तार गरिएको कम्पनीका सिइओ सुजन ढुंगेलले जानकारी दिए । एफफाइभ ए प्रो मोडलको स्कुटर शोरुमबाट विक्री सुरु भइसकेको उनले जनाए ।
नयाँ शोरुम संचालनमा आएको अवसरमा कम्पनीले ग्राहकहरूका लागि अफर दिएको छ । फास्ट चार्जर सित्तैमा पाउने सिइओ ढुंगेलले बताए । फास्ट चार्जरले २ घण्टामा ब्याट्री फुल चार्ज गर्न सक्छ । साधारण चार्जले ६ देखि ७ घण्टामा ब्याट्री फुल चार्ज हुने कम्पनीले जनाएको छ । कम्पनीले १५ दिनको लागि दिएको अफरमा एक वर्षको लागि सडक कर र इन्सुरेन्सको समेत ग्राहले सुविधा पाउने छन् ।
स्कुटरमा जडान गरीएको प्रविधि र आकर्षक ’लुक्स’ देखि ’कम्फर्ट’सम्मका कारण ग्राहकले फरक अनुभूति गर्ने कम्पनीले जनाएको छ । स्कुटरमा मुख्य गरी एलएफपी ब्याट्रि, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ्ग फिचरहरु उपलब्ध छ । स्कुटरमा १६ इन्च अगाडि र १४ इन्च पछाडि टायर रहेको छ ।