देश/समाजमुख्य खबरसमाचार

कास्कीमा गाँजा र बन्दुकसहित ७२ वर्षीय वृद्ध पक्राउ

पोखरा । कास्की प्रहरीले गाँजा र बन्दुकसहित एक जनालाइ पक्राउ गरेको छ ।

वन्यजन्तुको शिकार गर्न प्रयोग गरेको एक नाले भरुवा बन्दुक र गाँजासहित प्रहरीले शनिबार कास्कीको माछापुच्छ्रे गाँउपालिका -७ का ७२ वर्षीय आईत सिंह गुरुङलाई पक्राउ गरेको हो ।

वन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा गरिएको खानतलासीबाट एकनाले भरुवा बन्दुक, बारुद जस्तो देखिने कालो पदार्थ ३५० ग्राम र डेढ किलो गाँजासहित गुरुङलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता इन्स्पेक्टर अविनाश दिप जिसीले जानकारी दिए ।

जिसीका अनुसार वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले घरकोठा खानतलासी गर्दा निज सुत्ने कोठा भित्र उक्त सामाग्री फेला पारेको हो ।

गुरुङलाई हातहतियार तथा खरखजना र लागूऔषध सम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button