देश/समाजमनोरञ्जनसमाचार

लेखनाथमा एक करोड लगानीमा ‘स्केटपार्क’

कोरियाबाट फर्किएका ३ युवाले पोखरामा स्केटपार्क संचालन गरेका छन । रोजगारीको शिलशिलमा दक्षिण कोरिया पुगेका तीन जना युवा नेपाल फर्किएर पोखराको लेखनाथमा शनिबारदेखि स्केटपार्क संचालमा ल्याएका हुन ।

पर्वतको जलजला गाँउपलिकाका स्थाइ घर भइ पोखरा बस्ने शिव जिसी र गोविन्द न्याैपाने त्यस्तै म्याग्दीको रघुगंगा गाँउपालिकाका सुधिर भण्डारीले पोखरा २६ अर्घाैबजार भिमसेन मन्दिर नजिकै करिब १ करोडको लगानीमा स्केट पार्क संचालनमा ल्याएका हुन । उनीहरुले पार्कसँगै खाजाघरपनि संचालन गरेका छन ।

शनिबार एक कार्यक्रमका बिच प्रमुख अतीथी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले रिवन काटेर स्केट पार्कको उद्घाटन गरेका थिए । घरमै मोबाइलमा झुन्डिरहने बालबालिकालाई घरबाहिर ल्याउन र देशमै केही गराैँ भन्ने अभिप्रायले तिन साथी मिलेर स्केटपार्कमा लगानी गरेको संचालक शिव जिसीले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button