
पाेखरा । छन्दनायक एवम् महाकाव्यकार माधव वियाेगीलाई बनेपामा सम्मान गरिने भएकाे छ ।
शब्दयात्रा प्रकाशनद्वारा संचालित `शब्दयात्रा वसन्त शर्मा कविता-काव्य सम्मान-२०८१´ बाट उनलाई विभूषित गरिने भएकाे हाे ।
छन्द बचाऊँ अभियान र महाकनव्यलेखन अभियान समेत संचालन गरी कविता-काव्य सिर्जनाद्वारा नेपाली साहित्यकाे सेवा गरेवापत छन्दनायक वियाेगीलाई साे सम्मान अर्पण गर्न लागिएकाे हाे ।
पाेखरेली स्रष्टा छन्दनायक वियाेगीका ९ महाकाव्य, ८ खण्डकाव्य र ३ कवितासङ्ग्रहसहित् ४१ कृति प्रकाशित छन् । यस अघि उनी २ दर्जन बढी सम्मान तथा पुरष्कारबाट विभूषित भैसकेका छन् ।
जनप्रिय बहुमुखी क्याम्पस पाेखराका पूर्व प्रमुख समेत रहेका वियाेगी छन्द विश्वविद्यालय स्थापनाका लागि कसरत गर्दैछन् ।