गण्डकीसमाचार

दुईवटा मोटरसाइकल ठाेक्किदा ३२ वर्षीय युवाको मृत्यु

सुनसरीकाे दुहबी नगरपालिका -१० स्थित नहरचौकमा भएको मोटरसाइकल दुर्घटनामा परी गढि गाऊपालिका २ सखुवारे कलरुवा बस्ने ३२ बर्षीय संजय चौधरीको मृत्यु भएको छ ।

हिजो दिउसो पौने २ बजे को९प ७००० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको को४प ६११२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाइ दुर्घटना हुँदा को४प ६११२ नम्बरको मोटरसाईकल चालक रहेका चौधरी गम्भिर घाईते भई बिराट टिचिङ अस्पताल पुर्याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।

अर्का मोटरसाईकल चालक मोरङ झोराहाट नयाँबजार बस्ने १८ बर्षीय निकेश बजारु समेत घाइते भइ जीवन ज्योति अस्पताल दुहबीमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button