सुनसरी इटहरी उपमहानगरपालिका–२ मा सोमबार एक जनाको ह’त्या भएको छ।
स्थानीयवासी केशव कार्कीको ह’त्या भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीले बताउनुभयो । सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रो’पेर कार्कीको ह’त्या गरिएको सुनसरी प्रहरीले जनाएको छ ।
ह’त्या गरेको आ’रोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । छिमेकीको ह’त्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।रासस