गण्डकीसमाचार

मन्त्री आलेद्वारा रावलको निधनप्रति गहिरो दुःख व्यक्त

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो ।

मन्त्री आलेले आजै उक्त अस्पतालमा पुगी मृतक अध्यक्ष रावलका आफन्तसँग भेट समेत गर्नुका साथै उहाँको शव कैलाली लैजानका लागि रु ५० हजार आर्थिक सहयोगसमेत थियो

लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि मात्रै ‘ब्रेन हेमब्रेज’ भएको थियो ।

उहाँलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याएको उहाँका घरपरिवारले जनाएको छ । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

नेकपा एमालेको कैलाली जिल्लामा संस्थापक नेतामध्ये रावल एक हुनुहुन्थ्यो । उहाँको शव अहिले कैलाली लैजाने तयारी भइरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button