गण्डकीसमाचार

२४ घण्टामा आज थप १६७ मा कोरोना सङ्क्रमण पुष्टि,तीनको मृत्यु

पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ७७ हजार १४७ पुगेको छ ।

थप तीन हजार १४० जनाको पिसीआर परीक्षण गरिएको थियो । हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ६७ हजार ४०८ पुगेको छ । हाल ५३ सङ्क्रमित क्वारेन्टिनमा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७२ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर एक हजार ३९० सक्रिय सङ्क्रमित छन् ।

तीनको मृत्यु

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट तीन जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button