गण्डकीसमाचार

दुई हप्तादेखि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा सञ्चार सेवा अवरुद्ध

दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वन्चित भएका छन् ।

जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा रहेको नमस्ते मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत हुन नसकेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले मर्मतका लागि टोली पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

यसका साथै उक्त स्थान भन्दामाथि लेकमा रेडियो लिङ्कबाट मोबाइल र टेलिफोन सञ्चालनका लागि रेडियो लिङ्क जडान कार्य पनि भइरहेकाले मर्मत गर्न ढिलो भएको क्षेत्रीय उपनिर्देशक खनालले बताउनुभयो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button