गण्डकीसमाचार

दक्षिण कोरियाबाट मिर्गौला पीडित घिसिङलाई एक लाख ३५ हजार सहयोग

दक्षिण कोरिया संवाददाता जीवन खत्रीको पहलमा रामेछाप खाँडादेवी गाउँपालिका–६ कुवापानी निवासी दुवै मिर्गौला पीडित मवीन्द्र घिसिङको उपचारका लागि दक्षिण कोरियाबाट रु एक लाख ३५ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।

झण्डै एक महिनादेखि सहयोग अभियान शुरु गरी सङ्कलन गरिएको उक्त रकम बुधबार खाँडादेवी गाउँपालिकाको कार्यालयमा गाउँपालिका अध्यक्ष प्रेम तामाङ, वडा नं ६ का अध्यक्ष पुष्कर कार्कीलगायतको उपस्थितिमा पीडितकी श्रीमतीलाई हस्तान्तरण गरिएको हो । झण्डै चार वर्षदेखि घिसिङको दुवै मिर्गौलाले काम नगरेपछि नियमित डायलाइसिस भइरहेको छ । कमजोर आर्थिक अवस्थाका कारण जीवनमरणको दोसाँधमा रहेका उनको प्राण रक्षार्थ सहयोग सङ्कलन गरिएको खत्रीले बताउनुभयो ।

उहाँले कोरियामा रु एक लाख, युकेबाट रु ३० हजार र नेपालमा रु पाँच हजार सङ्कलन भएको र सम्पूर्ण विवरण सामाजिक सञ्जालमार्फत प्रकाशन गरेकोसमेत बताउनुभयो । सहयोग रकम पाएपछि उपचार गराउन सहज हुने बिरामीकी धर्मपत्नीले बताउनुभयो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button