गण्डकीसमाचार

कञ्चनपुरको लालझाडीमा जलेर एक वृद्धाको मृत्यु

कञ्चनपुरको लालझाडी गाउँपालिका– १ मा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

घरको पालीमा सुतिरहेको बेला छेउमै बालेको आगो सल्किएर ६८ वर्षीया सोमती रानाको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

“वृद्धा जलेको जनप्रतिनिधीले खबर गरेपछि घटनास्थल प्रहरी पुगेको थियो ।” उहाँले भन्नुभयो,“वृद्धाको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइसकेका छौं ।”रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button