गण्डकीसमाचार

लागुऔषधसहित एक युवक पक्राउ

बेलौरी नगरपालिका–१ फटियाबाट सशस्त्र प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका वर्ष २७ का सन्तोषबहादुर चन्दलाई लागुऔषधसहित आज पक्राउ गरेको छ ।

सुपप्र ०१–००८ प ९९७८३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका बेला सशस्त्र प्रहरीको सीमा गस्ती टोलीले शङ्का लागि जाँच गर्दा लागुऔषध बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ शैलेश्वरीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार पक्राउ परेका चन्दको साथबाट स्पास्मो १७ ट्याबलेट, भ्याट २ ट्याबलेट, एक थान मोबाइल र नगद रु एक हजार ३२५ बरामद गरिएको छ ।

पक्राउ परेका चन्दलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाएको छ ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button