गण्डकीसमाचार

अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी ह’त्या

वासिङ्टन, २१ चैत – अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी ह’त्या गरेका छन् ।

सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो । आ’क्रमणकारी व्यक्ति कारबाट बाहिर निस्केर प्रहरीमाथि अन्धाधुन्ध छुरा प्र’हार गरेका थिए, जसबाट एक जनाको मृत्यु भएको र अर्का एक प्रहरी घाइते भएका थिए ।
अमेरिकी संसद कङ्ग्रेसमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आ’क्रमण गरेको तीन महिना पुग्नैलाग्दा यस्तो घटना भएको हो ।

क्यापिटल प्रहरीका कार्यवाहक प्रमुख योगानन्द पिटम्यानले आ’क्रमणकारी व्यक्तिको प्रहरी कारबाहीमा मृत्यु भएको जानकारी दिनुभयो ।
इस्टरको विदा मनाउन पत्नी जिल बाइडेनका साथ क्याम्प डेभिडमा रहनु भएका राष्ट्रपति जो बाइडेनले ह’त्या गरिएका प्रहरी अधिकारी विलियम इभान्सका परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्नु भएको छ । “क्यापिटल परिसरको सुरक्षा जाँचमा खटिएका प्रहरीमाथि भएको हिं’सात्मक आ’क्रमण भएको र त्यसबाट एक प्रहरीको ज्यान गएको थाहा पाउँदा जिल र मलाई अत्यन्त दुःख लागेको छ ।”

अमेरिकी संचार माध्यमहरुले आ’क्रमणकारी व्यक्ति एक २५ वर्षीय अश्वेत नोहा ग्रीन रहेको बताएका छन् । उनी अश्वेत राष्ट्रवादी नामको नेसन अफ इस्लाम आन्दोलनसँग आबद्ध रहेको पनि संचार माध्यमहरुले बताएका छन् ।

प्रहरी अधिकृत पिटम्यानले आक्रमणको उद्देश्यबारे तत्काल भन्न नसकिने बताउनुभयो । यो घटना आ’तङ्कवादसँग सम्बन्धित रहेको देखिन्न, तर हामी अनुसन्धान गर्दैछौं, उहाँले भन्नुभयो ।रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button